जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग  « Khabarhub

जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामका साधुसन्तहरुले जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरेका छन् । आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् ।

वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

जानकी नवमीमा प्रदेश सरकारले बिदा दिँदै आएको छ । तर, जानकी (सीता) प्रदेशको मात्र नभई देश गौरवका रूपमा रहेको भन्दै राष्ट्रिय बिदा दिन माग गरेको संघका अध्यक्ष दासले बताए ।

राम नवमी प्रदेशको मात्र नभई देशको गौरव रहेको भन्दै यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने बताउँदै महन्थ दासले भने, ‘जानकी नवमीमा राष्ट्रिय बिदा पनि दिइनुपर्छ । जानकी नवमीमा राष्ट्रिय बिदा दिएर सरकारले त्यसलाई पर्यटकसँग जोड्नुपर्नेमा जोड दिनु पर्छ ।’

यस वर्ष ९ दिनसम्म जानकी नवमी मनाइने साधु समाजको तयारी छ । पहिलो दिन दूधमती नदीमा शाही स्नान गरी रामायण पाठ र रामकथा सबै दिन गरिने महन्थ दासले जानकारी दिए । 

उनका अनुसार रामकथामा राम र सीताका बारेमा धार्मिक गुरुले चर्चा गर्नेछन् । मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गर्ने तालिका छ । जानकी नवमीको अवसरमा मठ मन्दिरले गोष्ठी पनि आयोजना गरी जानकी नवमी मनाउने तयारीमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ०२ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक