त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन « Khabarhub

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार सांझ ५:३०  बजे धादिङ जिल्ला  बेनिघाट रोराङ्ग गाउंपालिका-७ स्थित त्रिशुली नदीमा मोटरसाइकलसहित खसेका १ व्यक्तिको उद्धार कार्य भइरहेको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार २ जना सवार मोटरसाइकल नदीमा खसेको खबर प्राप्त भएपश्चात् खोजि कार्यको लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमाण्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो । 

गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाई माथि ल्याउने कार्य गरिरहेका छन् । 

खोजतलासको क्रममा बा. प्र. ०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भइरहेको हो । ती व्यक्तिको साथबाट मीन बहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ । अर्का व्यक्ति पनि बेपत्ता भएको आशंकामा   सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गरिरहेको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ३६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक