बज्रयान महाविहारका दातालाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान « Khabarhub

बज्रयान महाविहारका दातालाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्ने दातालाई सम्मान पत्र प्रदान गरेका छन् । 

विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाटै स्रोत जुटाएर सम्पन्न गरिएको हो । यस महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोडभन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो । 

सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालीहरूकै अग्रसरतामा स्वदेशकै स्रोत साधन जुटाएर लुम्बिनीमा बज्रयान महाविहार निर्माण सम्पन्न भएबाट कुशल नेतृत्व भए लक्ष्य प्राप्तिसँगै जनविश्वास प्राप्त हुन्छ तथ्य स्थापित हुन पुगेको छ भने । 

महाविहार निर्माणमा सहयोग पुर्‍याए झैँ विकास निर्माणका गतिविधि तथा स्थिरताका लागि पनि हातेमालो गर्न नेपाली समाजका प्रबुद्ध वर्गसँग उनले आह्वान गने ।

महाविहारका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले आफ्नै स्रोतबाट सफलतापूर्वक महाविहारमा निर्माण गर्न वस्तुगत तथा नगद सहयोग गर्ने उदार हृदयका दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै नेता गणले पनि राजनीतिक विचारधारालाई भन्दा समाज र राष्ट्र हितलाई प्राथमिकता राख्न आग्रह गरे  । 

समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको हो भने । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ५९ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट