मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी « Khabarhub

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ ।

सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबीच भएको खेलमा जनकपुरले दुहबीलाई एक सय ९८ रनले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा बलान बिहुलले काठमाडाँै रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।

पहिलो खेलमा टस जितेर दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएकामा जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर दई सय ३५ रनको योेगफल बनायो । यस टोलीका विशाल सुश्लिंगले विष्फोटक ब्याटिङ गर्दै ८० रन जोडे । यसैगरी अर्का ब्याटर मयन यादवले ६६, विशाल पटेलले ४७ र आदिल खानले २५ रन बनाए ।

बलिङतर्फ साजनकुमार दासले ३ विकेट, नवीन यादव र आयुष रौनियार १र१ विकेट लिए । जवाफमा दुई सय ३६ रनको लक्ष्य लिएका दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सक्यो । दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५र१५ रनबाहेक ७ जना ब्याटरले खाता खोल्न सकेनन् ।

दुहबीलाई सस्तोमा आउट गर्न विपीन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट, प्रदीप पासवान तीन, विशाल पटेलले २ तथा तुलबहादुर मगरले १ विकेट लिए । प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।

यसैगरी आजै काठमाडौं रोयल्स र बलान बिहुल सुपर किंगबीच भएको खेलमा टस जितेर काठमाडौंले ब्याटिङ गर्दै १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ६५ रन बनायो । जसमा मिलन बोहराले ११ र रूपेश सिंहले १० रनबाहेक अरु कुनै खेलाडीहरूले दोहोेरो अङ्क पार गर्न सकेनन् ।

बलिङतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिङ गर्दै सामान्य ४÷४ विकेट हात पारेभने राशिद खान र विवेक यादवले १÷१ विकेट लिए । जवाफमा बलान बिहुल ७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी भयो । जसमा ईमरान शेखले अविजित ३२ रन, लोकेश बमले १२ र विकास दासले ७ रन बनाए । बलिङतर्फ काठमाडाँैका नरेन साउदले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १९ बजे

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा