प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित « Khabarhub

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । सिरहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।

सिरहा नगरपालिकाको तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुन बाँकी छ । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित छन् ।

सिरहा नगरपालिकामा कार्यरत कर्मचारीले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा सिघ्र पदस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

नगरप्रमुख डा नवीन यादवले पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित तथा मौखिक जानकारी गराए पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यालयको कामकाज ठप्प भएको बताए । मन्त्रालयले कर्मचारी पठाएर सेवा सञ्चालन गरी समन्वय गरिदिनुपर्ने वा अहिलेकै अधिकृतलाई नै पदस्थापन गरी काम गर्न अधिकार दिनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र अगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएका नगरप्रमुख यादवले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना