बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै « Khabarhub

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ ।

बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्रा डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पु¥याएको छ । गोली शरीरभित्रै रहेको उनले बताए ।

डा आचार्यले भने, “चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्योल हुन्छ ।” बिरामीको अवस्था स्थिर रहेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : १४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट