शिक्षक आन्दोलनका कारण दोगडाकेदारमा परीक्षा स्थगित « Khabarhub

शिक्षक आन्दोलनका कारण दोगडाकेदारमा परीक्षा स्थगित


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बैतडी – शिक्षकको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परीक्षा स्थगित गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ५ र ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।”

वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेड वृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी मर्कामा परेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : २९ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ