भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु ! « Khabarhub

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग सम्बन्ध तोडेको स्ट्याटस लेखेकी थिइन् ।

उनले गायक समेत रहेका भाइ टोनी कक्कड र गायिकासमेत रहेकी बहिनी नेहासँग सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी थिइन् ।

उनले ‘गहिरो भावनात्मक पीडा’का कारण बहिनी र भाइसँग सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी थिइन् । तर, के कति कारण भने भनेर खुलाएको भने थिइनन् ।

उनको यो घोषणा बलिउडमा ठूलै गसिपको विषय बनेको थियो । भारतीय मिडियाहरुले पनि यसको समाचार बनाएका थिए ।

तर, सोनुको उक्त स्ट्याटस धेरै लामो समय देखिएन । उनले केही दिनमै उक्त स्ट्याटस हटाइन् ।

अहिले भने सोनुको परिवार पुनर्मिलनमा पुगेको देखिएको छ । उनको सामाजिक सञ्जालको पोस्टले पनि त्यही देखाएको छ । सँगै सोनु बुवा-आमाको वैवाहिक वार्षिकोत्सवक पछि पूरा परिवासँग देखिएकी थिइन् ।

पछिल्लो समय सोनुले सामाजिक सञ्जालमा ‘माया नै उत्तर हो’ भन्ने लाइन लेख्दै भाइ टोनी र बहिनी नेहासँगको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

यसले उनीहरुको सम्बन्धमा सुधार आएको संकेत गर्छ । भारतीय मिडिया टाइम्स अफ इन्डियाले पनि सोनुको परिवारसँग पुनर्मिलन भएको उल्लेख गरेको छ ।

सोनु, नेहा र टोनी तीनै जना संगीत क्षेत्रमा नै रहेकाले उनले व्यवसायिक तनावले उक्त निर्णय लिएको हुनसक्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक