कर्तव्य ज्यान मुद्दामा संलग्न पाँचजना पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दामा संलग्न पाँचजना पक्राउ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका– २ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईको हत्यामा संलग्न भएकाहरूलाई पक्राउ गरिएको हो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा रामेछाप, सुनापतीका प्रविण तामाङ, सर्लाही, बागमतीका समीर वाइबा तामाङ र अभिषेक बाइवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावतीका दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक, चौँरी देउरालीका अनुराग तामाङ पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ०२ बजे

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन

बलिङ, ब्याटिङ र फिल्डिङ कोल्याप्स हुँदा पेचिलो बन्दै नेपालको शीर्ष चार यात्रा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका