बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण « Khabarhub

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।

यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई शीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वअध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।

भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गरे ।

कार्यवाहक अध्यक्ष कर्माचार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सडक पहिलो माध्यम बनेको भन्दै बर्खायाम अगाडि निर्माण सकेर बेगनास ताल क्षेत्रमा  पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन वृद्धि गर्न अनुरोध गरे ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बलराम ढकालले बेगनास तालको पर्यटकीय विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताए । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ५८ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी