मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ « Khabarhub

मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरव्याज पीडितको समस्या समाधानका लागि विभिन्न आयोग बने पनि त्यसका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले सर्वोच्चका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्व न्यायाधीश तेज बहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने बताइन् । 

तर यसका लागि आफ्नो–अर्को नभनी सवैमाथि अनुसन्धान हुनुपर्ने उनले उल्लेख गरिन् । श्रेष्ठले आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने राज्यको नीति सही नभएको धारणा राखिन् ।  

उनले राज्यले नै मिटरव्याज पीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप समेत लगाइन् । यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको उनले बताइन् । 

श्रेष्ठले आफ्नो पार्टीको साहुमहाजन जोगाउनका लागि पीडितमाथि राजनीति नगर्न सुझाव समेत दिइन् ।  

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १२ : ५२ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो