राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक : गृहमन्त्री « Khabarhub

राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक : गृहमन्त्री


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय सूचना आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीसँगको अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री लेखकले पारदर्शितामार्फत नै मुलुकमा सुशासन कायम हुने भएकाले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका हुन् । 

उनले संविधानमा रहेका सूचनाको हकलाई राज्यले ग्यारेन्टी गर्ने जिकिर गरे । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने नरहेको भन्दै उनले गोपनीयतासँग जोडिएका विषयमा ख्याल गर्न आग्रह गरे । 

त्यस्तै उनले कतिपय संवेदनशील विषयमा समेत पारदर्शिता र सुशासनका नाममा सबै सूचना दिने हो भने मुलुकमा थिति बस्न नसक्ने धारणा राखे ।  

उनले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझेर अघि बढ्न समेत सूचना अधिकारीहरूलाई सुझाव दिए । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १ : ०८ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९