राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक : गृहमन्त्री « Khabarhub

राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक : गृहमन्त्री


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय सूचना आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीसँगको अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री लेखकले पारदर्शितामार्फत नै मुलुकमा सुशासन कायम हुने भएकाले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका हुन् । 

उनले संविधानमा रहेका सूचनाको हकलाई राज्यले ग्यारेन्टी गर्ने जिकिर गरे । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने नरहेको भन्दै उनले गोपनीयतासँग जोडिएका विषयमा ख्याल गर्न आग्रह गरे । 

त्यस्तै उनले कतिपय संवेदनशील विषयमा समेत पारदर्शिता र सुशासनका नाममा सबै सूचना दिने हो भने मुलुकमा थिति बस्न नसक्ने धारणा राखे ।  

उनले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझेर अघि बढ्न समेत सूचना अधिकारीहरूलाई सुझाव दिए । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १ : ०८ बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ