७१ प्रतिशत महिलाहरू ‘घर भित्रै’ असुरक्षित  « Khabarhub

७१ प्रतिशत महिलाहरू ‘घर भित्रै’ असुरक्षित 


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरू घरभित्रै असुरक्षित हुने गरेको डरलाग्दो तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले ७१ प्रतिशत महिला हिंसा घरभित्रै हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

ओरेकले २०२५ जनवरीदेखि मार्चसम्म तीन महिनाको अवधिमा महिला हिंसाको घटनाहरू संकलन गरेको थियो । जसमा ७१.४२ प्रतिशत घरेलु हिंसा, १९.०४ प्रतिशत यौन हिंसा र ३.५७ प्रतिशत सामाजिक हिंसा रहेका छन् ।

कोशी प्रदेशका (उदयपुर, सुनसरी र मोरङ) तीन जिल्लामा महिला हिंसासम्बन्धी कुल ८४ वटा घटना लैङगिक विभेदको तथ्याङ अभिलेख गरेको हो । 

यो सार्वजनिक भएका तथ्याङ मात्र हो । घरेलु हिंसालाई निजी मामिलाको रूपमा लिने, महिलाले सहनुपर्छ भन्ने पितृसत्तात्मक सोच, हिंसालाई बाहिर ल्याउँदा समाज र परिवारबाट भोग्नुपर्ने लाञ्छना र झन्झटिलो न्यायिक प्रक्रियाले गर्दा यस्तो सयौँ घटना बाहिर आउन नसकेको ओरेकको अध्ययनले बताउँछ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०१ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९