७१ प्रतिशत महिलाहरू ‘घर भित्रै’ असुरक्षित  « Khabarhub

७१ प्रतिशत महिलाहरू ‘घर भित्रै’ असुरक्षित 


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरू घरभित्रै असुरक्षित हुने गरेको डरलाग्दो तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले ७१ प्रतिशत महिला हिंसा घरभित्रै हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

ओरेकले २०२५ जनवरीदेखि मार्चसम्म तीन महिनाको अवधिमा महिला हिंसाको घटनाहरू संकलन गरेको थियो । जसमा ७१.४२ प्रतिशत घरेलु हिंसा, १९.०४ प्रतिशत यौन हिंसा र ३.५७ प्रतिशत सामाजिक हिंसा रहेका छन् ।

कोशी प्रदेशका (उदयपुर, सुनसरी र मोरङ) तीन जिल्लामा महिला हिंसासम्बन्धी कुल ८४ वटा घटना लैङगिक विभेदको तथ्याङ अभिलेख गरेको हो । 

यो सार्वजनिक भएका तथ्याङ मात्र हो । घरेलु हिंसालाई निजी मामिलाको रूपमा लिने, महिलाले सहनुपर्छ भन्ने पितृसत्तात्मक सोच, हिंसालाई बाहिर ल्याउँदा समाज र परिवारबाट भोग्नुपर्ने लाञ्छना र झन्झटिलो न्यायिक प्रक्रियाले गर्दा यस्तो सयौँ घटना बाहिर आउन नसकेको ओरेकको अध्ययनले बताउँछ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०१ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप