सर्वसाधारणका लागि खोलियो नौतले दरबार, पर्यटनमन्त्री पाण्डेले गरे उद्घाटन  | Khabarhub Khabarhub

सर्वसाधारणका लागि खोलियो नौतले दरबार, पर्यटनमन्त्री पाण्डेले गरे उद्घाटन 


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय पुरातत्त्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमानढोकामा मंगलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिए । उनले भने, ‘नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, ‘लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनः निर्माणमा देखिएको छ। नौतले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।’

उनले अगाडि भने, ‘हाम्रो सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ। सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्छ ।’

डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औँल्याउँदै मन्त्री पाण्डेले पुरातत्त्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिए । ‘डिजिटल दुनियाँमा हाम्रा सम्पदा र कलालाई प्रविष्ट गराउन जरुरी छ’ उनले बताए।

नौतले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्त्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए । ‘हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए । उनीहरूले नौतले दरबारको पुनः निर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।

प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौतले दरबार आज सर्वसाधारणको लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्त्वमा पुनः ऊर्जा थपिएको छ ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘हाम्रो सम्पदा केवल ढुंगा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन्। नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्त्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन्।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ४२ बजे

न्यायालयको भरोसामा केन्द्रीय बैङ्कको स्वायत्तता !

काठमाडौं – नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को परिच्छेद २

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका

जिरायतमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही – बागमती नगरपालिकास्थित जिरायतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँद दुवै

आजका समाचार : गभर्नरमा विश्वनाथ पौडेल, रवि र छविको रिट हेर्दाहेर्दैमा र रूससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रतिनिधिसभाको आजको दोस्रो

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण