सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू) « Khabarhub

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू)


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रूपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । 

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा सङ्ग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ३५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक