राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : महासचिव पोखरेल « Khabarhub

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : महासचिव पोखरेल


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन् । 

कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरूले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए । 

युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ । ‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्’, उनले भने ।

दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, ‘अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा लाग्नु भएको थियो । उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।’

लोभ लालचा नभएको इमानदार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए  । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ३१ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा