चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट | Khabarhub Khabarhub

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ ।

‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ ।

यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ ।

साथै, यस प्रक्षेपणसँगै लङ् मार्च रकेट शृङ्खलाको यो ५७७ औँ उडान रहेको छ, जसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : १५ बजे

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ ।