क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित « Khabarhub

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ।

बिहीबार राति भएको समूह ‘ए’को खेलमा मियामीले एफसी पोर्टोलाई २-१ ले हराएको हो।

सो खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो। सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो।

टेलास्को सेभागियोले इन्टरका लागि दोस्रो हाफको सुरुवातमा नै गोल गरेका थिए। ५४ औँ मिनेटमा मेसीले निर्णायक गोल गरेका हुन्।

मंगलबार मियामीले समूह चरणको अन्तिम खेलमा पल्मेराइससँग खेल्ने छ। समूह ‘ए’मा पल्मेराइस चार अङ्कसहित शीर्ष स्थानमा छ भने मियामी पनि चार अङ्कसहित दोस्रो स्थानमा छ।

बिहीबार भएको खेलमा पल्मेराइसले अल एहलीलाई २-० ले हराएको हो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ३८ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक