क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित « Khabarhub

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ।

बिहीबार राति भएको समूह ‘ए’को खेलमा मियामीले एफसी पोर्टोलाई २-१ ले हराएको हो।

सो खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो। सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो।

टेलास्को सेभागियोले इन्टरका लागि दोस्रो हाफको सुरुवातमा नै गोल गरेका थिए। ५४ औँ मिनेटमा मेसीले निर्णायक गोल गरेका हुन्।

मंगलबार मियामीले समूह चरणको अन्तिम खेलमा पल्मेराइससँग खेल्ने छ। समूह ‘ए’मा पल्मेराइस चार अङ्कसहित शीर्ष स्थानमा छ भने मियामी पनि चार अङ्कसहित दोस्रो स्थानमा छ।

बिहीबार भएको खेलमा पल्मेराइसले अल एहलीलाई २-० ले हराएको हो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ३८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष