गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु « Khabarhub

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा दुःखद घटना भएको छ। केन्द्रीय गाजामा राहत लिन बसेकामाथि भएको इजरायली आक्रमणमा १२ जनाको ज्यान गएको हो।

बिहीबार अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरण गरिरहेको समयमा सो आक्रमण भएको हो।

गत मे महिनादेखि जिएचएफले संयुक्त राष्ट्र सङ्घलाई बाइपास गर्दै राहत वितरण गर्न सुरु गरेपछि अहिलेसम्म त्यहाँ सयौँको ज्यान गइसकेको छ।

पछिल्लो समय ज्यान गुमाउने हमास केन्द्रित भन्दा बढी राहत सङ्कलन गर्न जाने छन्। बिहीबार हजारौँ जना लाइन लागि रहेको समयमा नात्जरिम कोरिडोरमा सो आक्रमण भएको हो। स्थानीय प्रत्यक्षदर्शीले जनाए अनुसार रातभर हजारौँ जना लाइन बसेका थिए।

११ साता राहत वितरण कार्यपूर्ण रूपमा बन्द भएपछि त्यहाँ भोकमरीले असह्य अवस्था सिर्जना गरेको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ३१ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज