गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु « Khabarhub

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा दुःखद घटना भएको छ। केन्द्रीय गाजामा राहत लिन बसेकामाथि भएको इजरायली आक्रमणमा १२ जनाको ज्यान गएको हो।

बिहीबार अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरण गरिरहेको समयमा सो आक्रमण भएको हो।

गत मे महिनादेखि जिएचएफले संयुक्त राष्ट्र सङ्घलाई बाइपास गर्दै राहत वितरण गर्न सुरु गरेपछि अहिलेसम्म त्यहाँ सयौँको ज्यान गइसकेको छ।

पछिल्लो समय ज्यान गुमाउने हमास केन्द्रित भन्दा बढी राहत सङ्कलन गर्न जाने छन्। बिहीबार हजारौँ जना लाइन लागि रहेको समयमा नात्जरिम कोरिडोरमा सो आक्रमण भएको हो। स्थानीय प्रत्यक्षदर्शीले जनाए अनुसार रातभर हजारौँ जना लाइन बसेका थिए।

११ साता राहत वितरण कार्यपूर्ण रूपमा बन्द भएपछि त्यहाँ भोकमरीले असह्य अवस्था सिर्जना गरेको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ३१ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान