ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू) « Khabarhub

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने समय आएको छ । तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । शुक्रबार आज प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४८ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज