च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा « Khabarhub

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई १-० ले स्तब्ध पारेको छ ।

पहिलो हाफको अन्त्यतिर इगोर जिससले उत्कृष्ट गोल पीएसजीलाई हराउन सफल भएका हुन् । खेलको ३६औं मिनेटमा इगोर जिससले उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत् गोल गर्दै बोटाफोगोलाई अग्रता दिलाएका थिए।

जेफरसन सावारिनोको लामो पास नियन्त्रण गर्दै दुई डिफेन्डरलाई छलाएका उनले जिआनलुइगी डोनारुम्मालाई झुक्याएर गोल गरे।

पीएसजीको अपराजित यात्रा टुंगियो

गत मे ३ यता कुनै पनि प्रतियोगितामा पराजित नभएको पीएसजीको लगातार विजयी यात्रा अन्ततः बोटाफोगोले टुटाएको छ।

पीएसजीले अघिल्लो आइतबार एट्लेटिको म्याड्रिडलाई ४-० ले हराएको थियो । त्यसअघि उनीहरूले पछिल्ला तीन प्रतिद्वन्द्वीहरूलाई जम्मा १२-० गोलअन्तरले हराएका थिए।

बोटाफोगोका प्रशिक्षक रेनाटो पैवाले आफूहरूले आत्मविश्वाससहित खेलेर जितेको बताए । ‘हामीले आफूमा विश्वास गर्‍यौं । आज हामीले लगभग पूर्ण खेल खेलेका थियौँ’, उनले भने, ‘पीएसजीलाई हामीले उनीहरूको आफ्नै हतियारले हरायौँ ।’

बलोन डिओरको दावेदार उस्मान डेम्बेले क्वाड्रिसेप्स चोटका कारण लगातार दोस्रो खेलमा देखिएनन् । पीएसजीका प्रशिक्षक लुइस एनरिकले केही खेलाडी परिवर्तन गरे । तर डेम्बेलेको अनुपस्थितिमा टोलीले आक्रमणमा प्रभाव जमाउन सकेन।

यद्यपि पराजयले धक्का दिए पनि पीएसीका लागि सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ। उनीहरू अब एमएलएस टोली सिएटल साउन्डर्ससँग भिड्ने छन्।

५३ हजार ६९९ समर्थक उपस्थित रहेको गुलजार रोज बाउल रंगशालामा बोटाफोगोका हजारौं ब्राजिली समर्थकहरूले टोलीको ऐतिहासिक जितको उत्सव मनाए। बोटाफोगो अब सोमबार एट्लेटिको म्याड्रिडसँग खेल्नेछ । उसका लागि समूहबाट अघि बढ्ने यो अप्रत्याशित मौका हुनेछ ।

क्लब विश्वकपमा पनि युरोप भर्सेस दक्षिण अमेरिकाको भिडन्त भयो । यो रात दक्षिण अमेरिकाको नाममा रह्यो। पीएसजी बलियो टोली भए पनि बोटाफोगोले विश्वकपमा चकित पार्ने नतिजा निकाल्यो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ३० बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना