पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस् « Khabarhub

पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस्

सुदूरपश्चिम सरकारद्वारा सञ्चार १० क्षेत्रमा बजेट विनियोजन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,’ मुख्यमन्त्री शाहले भने, ‘यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहेका छन्, उनीहरूमा यो एउटा मर्यादित र इज्जतको पेशा हो, भन्ने अनुभूति दिलाउनु पर्छ ।’

उनले सीमित श्रोत र साधनका बीच आ . ब. २०८२/०८३ मा सुदूरपश्चिम प्रदेश सरकारले सञ्चार १० क्षेत्रमा बजेट विनियोजन गरेको बताए । 

१) सहित दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना
२) पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम
३) आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम
४) राष्ट्रिय समाचार समितिको भवन निर्माण 
५) नेपाल टेलिभिजनको स्टुडियो निर्माण 
६) नेपाल पत्रकार महासंघ कञ्चनपुर डडेलधुराको भवन निर्माण 
८) लोक कल्याणकारी विज्ञापन
९) आमसञ्चार, विपत र मानव अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि इन्टर्न विद्यार्थी परिचालन कार्यक्रम 
१०) संचारकर्मीको संयुक्त आवास गृह निर्माण, नेपाल पत्रकार महासंघ कैलाली

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ३० बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज