पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस् | Khabarhub Khabarhub

पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस्

सुदूरपश्चिम सरकारद्वारा सञ्चार १० क्षेत्रमा बजेट विनियोजन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,’ मुख्यमन्त्री शाहले भने, ‘यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहेका छन्, उनीहरूमा यो एउटा मर्यादित र इज्जतको पेशा हो, भन्ने अनुभूति दिलाउनु पर्छ ।’

उनले सीमित श्रोत र साधनका बीच आ . ब. २०८२/०८३ मा सुदूरपश्चिम प्रदेश सरकारले सञ्चार १० क्षेत्रमा बजेट विनियोजन गरेको बताए । 

१) सहित दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना
२) पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम
३) आम सञ्चार तथा पत्रकारिता क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम
४) राष्ट्रिय समाचार समितिको भवन निर्माण 
५) नेपाल टेलिभिजनको स्टुडियो निर्माण 
६) नेपाल पत्रकार महासंघ कञ्चनपुर डडेलधुराको भवन निर्माण 
८) लोक कल्याणकारी विज्ञापन
९) आमसञ्चार, विपत र मानव अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि इन्टर्न विद्यार्थी परिचालन कार्यक्रम 
१०) संचारकर्मीको संयुक्त आवास गृह निर्माण, नेपाल पत्रकार महासंघ कैलाली

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ३० बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत