ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल  « Khabarhub

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । 

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साँच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् । 

राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका ढुंण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलागयतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताएका छन् । 

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा भनेका छन्, ‘ढुंण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउँदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’

उनले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम  गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रूपमा ढुंण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गरेका छन् । 

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, र प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरे ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : १६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक