दाउरा निकाल्दा राप्तीमा फसेकी बालिकाको सकुशल उद्धार « Khabarhub

दाउरा निकाल्दा राप्तीमा फसेकी बालिकाको सकुशल उद्धार


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा टापुमा फसेकी एक बालिकाको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।  

राप्ती नदीको भेलमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा फसेकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी १३ वर्षीया बालिका रेजिना खड्कालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । 

राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक नजिकै राप्ती नदीमा भाइ शिशिर खड्कासँगै दाउरा संकलन गर्ने क्रममा नदीमा भेल बढेपछि बीचमा बीच टापुमा फस्न पुगेकी थिइन् ।

नदीको बीच टापुमा फसेको स्थानीयले प्रहरीलाई खबर गरेपछि ज्वाला माई गण भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले रेस्क्युबोटको सहायताबाट शुक्रबार तत्कालै उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

बिहान ८ बजेतिर नदीमा पुगेकी बालिका १० बजेतिर एकाएक बाढी आएपछि नदीको बीच टापुमा फसेपछि पौने ११ बजेतिर सुरक्षाकर्मीको टोलीले उनलाई उद्धार गरेको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ३५ बजे

राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय

राष्ट्रिय सभाको बैठकलाई दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रिय सभाको सोमबार बस्न लागेको बजेट अधिवेशनको पहिलो बैठकमा

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना