कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । 

त्यसअघि विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यशोदा कायस्थले भाग लिएका थिए ।

शून्य समय

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक छ भने ।

अर्की सदस्य सविना बजगाइँले झापाको बाहुडाँगीको जनजीवन हात्तीबाट आक्रान्त भएको गुनासो गर्दै सरकारबाट नियन्त्रणको प्रयास हुनुपर्ने माग गरिन् । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ५६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज