भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)   « Khabarhub

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  



काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी ( युएनएचसीआर ) ले विश्व शरणार्थी दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ।

उक्त फोटो प्रदर्शनीमा भुटानी शासकले लखेटेपछि नेपाल आएका शरणार्थीहरूको पीडा देखाइएको छ । फोटो प्रदर्शनीमा भुटानबाट लखेटिएपछि भोग्नुपरेको प्रताडनालाई झल्काइएको छ।

सन् १९९० को दशकको अन्त्यतिर भुटान सरकारले एक देश, एक जनजाति नीति लागू गरेपछि नेपाली भाषीलाई लखेटेको थियो । नेपाली भाषी ल्होत्साम्पा समुदायलाई भुटानी पहिचानमा खतरा भन्दै राज्यले निकालेको थियो ।

त्यसक्रममा नेपाली भाषा, संस्कृति, धर्म ,पोसाक प्रतिबन्धित गरिए । नेपाली भाषीको नागरिकता प्रमाणपत्र खारेज गरियो । लाखौँ नागरिकहरूलाई जबरजस्ती देश निकाला गरियो ।

भुटानबाट धपाइएका करिब १ लाख ८ हजार नेपाली भाषी भुटानीहरू सन् १९९० देखि १९९३ सम्म नेपाल भित्रिए । यसरी मुलुकबाट विस्थापित भएका शरणार्थीहरू झापा र मोरङका विभिन्न स्थानहरूमा ७ वटा शरणार्थी शिविरमा बसे ।

उनीहरू शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत कुराको अभावमा लामो समय शिविरमै बस्न बाध्य भए । नेपाल सरकारले उनीहरूलाई नागरिकता दिने वा भूटाननै फर्काउने विषयमा विचार गरे पनि सम्भव भएन।

नेपाल र भुटानबीच पटक पटक वार्ता भयो तर ठोस नतिजा निस्किएन । समाधान ननिस्किएपछि तेस्रो देश पुनःस्थापनाको विकल्प निकालियो । सन् २००७ देखि युएनएचसीआर पहलमा ८ पश्चिमी मुलुकमा पुनर्वास पक्रिया थालियो। अमेरिका, क्यानडा, अस्ट्रेलिया , नर्वे, डेनमार्क र बेलायतमा भुटानीहरूलाई पुनर्वासमा पठाइयो ।

हालसम्म ८० हजारभन्दा बढी शरणार्थीहरू तेस्रो देशमा गइसकेका छन् । अहिले पनि केही हजारको सङ्ख्यामा नेपालमै शरणार्थीहरू बाँकी छन् ।

प्रदर्शनीमा राखिएका फोटोहरूमा भुटानी शरणार्थी नेपाल प्रवेश गरेदेखि उनीहरूमा आइपरेका समस्याहरू र जीवशैलीलाई दर्शाइएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २२ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको