साप्ताहिक अर्थसंक्षेप : ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण, बढेन प्रदेशको बजेट, एमसीसी परियोजना नरोकिने र दैलेखमा अर्बौँको मिथेन ग्यास ! | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण, बढेन प्रदेशको बजेट, एमसीसी परियोजना नरोकिने र दैलेखमा अर्बौँको मिथेन ग्यास !


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।

नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रम शनिबारसम्म हुनेछ ।

उनले आर्थिक शिथिलताको असर बैंकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने ।

११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात

११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेको हो ।

वैदेशिक व्यापारमा चालु आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

असार पहिलो साता अर्थात असार १ गतेदेखि ५ गते बिहीबारसम्म शेयर बजारमा खासै उपलब्धि देखिएन । बजार पुरै सातामा पाँच दिन कारोबार हुँदा पनि बजार भने बढ्न सकेन ।

यो साता दुई दिन बजार बढ्यो भने तीन दिन बजार घटेको छ । साताको अन्तिम दिन बजारमा आएको उच्च अङ्कको गिरावटका कारणले गर्दा साताको बजार घट्न गएको हो । सुरुको दुई दिन बजार बढ्दा पनि सामान्य र पछिका दुई दिन घट्दा पनि सामान्य अङ्कले नै घटेको थियो ।

अघिल्लो साताको बिहीबार अर्थात जेठ २९ गते २६५५.३८ विन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा घटेर २६२८.९१ विन्दुमा आएको छ ।

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी गरेको विदेशी मुद्रा विदेशमा लगानी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा चौथो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पछिल्ला तीन वर्षमा सूचना प्रविधि उद्योगले आफ्नो सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेका उद्योगले सो सेवा प्राप्त गर्नसक्ने विनियमावलीमा व्यवस्था गरेको छ ।

विनियमालीमा गरिएको नयाँ व्यवस्थाअनुसार ‘सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्ला तीन आर्थिक वर्षहरूमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ’, भन्ने व्यवस्था गरेको छ ।

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

अमेरिकाले नेपालमा एमसीसी जारी राख्न खोजेकै हो ?

नेपालस्थित अमेरिकी दूतावासले हिजो (४ असार, तदनुसार जुन १८ मा) नेपालमा कार्यान्वयन भइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालका तर्फबाट एक वक्तव्य जारी गर्‍यो ।

‘एमसीसी नेपालको वक्तव्य’ शीर्षकमा तीन अनुच्छेदको उक्त वक्तव्य सार्वजनिक हुनेबित्तिकै सम्बन्धित लिङ्क दूतावासले नेपालका केही पत्रकारहरूलाई पनि पठायो ।

वक्तव्यको पहिलो अनुच्छेदमा लेखिएको छ – ‘फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागु गरिएको ९०-दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ । एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन् ।’

नेपालमा एमसीसी परियोजना जारी रहने

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।

बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल रु ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्बिरहरू)

सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यति बेला किवीका बोटले ढपक्कै ढाकेको छ । उनले किवीखेती गरेर वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किवीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवीखेती गर्दै आएका छन् । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किवीका बिरुवा छन् ।

कोरियाबाट फर्केर व्यावसायिक खुर्सानी खेतीमा

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त

बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ०१ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत