विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै « Khabarhub

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । गैर आवासीय पाकिस्तानीबारे गत जुन ३ का दिन आयोजित सिनेट बैठकमा दिइएको जनाकारीअनुसार पछिल्लो दुई वर्षमा १ लाख ३५ हजारभन्दा धेरै पाकिस्तानी नागरिकले युरोप र अमेरिकामा राजनीतिक शरणका लागि आवेदन दिएका छन् ।

यीमध्ये १ लाख २५ हजारले युरोपेली मुलुकमा राजनीतिक शरणका लागि आवेदन दिएका र बाँकी १० हजारले अमेरिकामा यस्तो आवेदन दिएको जनाइएको छ ।

त्यसबाहेक विदेशबाट पाकिस्तानीलाई देश निकाला गर्ने क्रम पनि बढ्दै गएको देखिएको छ । पाकिस्तानको राहदानी महानिर्देशनालयले दिएको जानकारीअनुसार पछिल्लो दुई वर्षमा विदेशबाट ५२ हजार पकिस्तानी नागरिक देश निकालामा परेका छन् । यीमध्ये अधिकांश इरानबाट देश निकालामा परेका छन् ।

युरोपियन टाइम्सले जनाएअनुसार अवैध रुपमा प्रवेश गर्न चाहने ३४ हजार पाकिस्तानीलाई इरानले निष्कासन गरेको छ । साउदी अरबले पनि ५ हजार पाकिस्तानीलाई देश निकाला गरेको छ । यीमध्ये अधिकांश भिख माग्नेहरु छन् ।

समाचारमा जनाइएअनुसार अर्को मुलुकबाट निष्कासित भएका नागरिकको राहदानी रद्द गर्ने प्रक्रिया थालिएको छ । कतिपय अवस्थामा भने उनीहरुविरुद्ध आपराधिक मुद्दा समेत दायर गरिएको छ ।

पाकिस्तानमा बढ्दो सामाजिक एवम् आर्थिक अस्थीरताका कारण पाकिस्तानी नागरिकहरु विदेश जान र विदेशमा राजनीतिक शरण लिन बाध्य भएको जानकारहरु बताउँछन् । कतिपय पाकिस्तानी नागरिकहरु घुमघाम वा तीर्थयात्राका लागि विदेश जाने र भिसा अवधि सकिएपनि उतै बस्ने गरेको जनाइएको छ ।

विदेशबाट निष्कासित भएपछि स्वदेश फर्किँदा उनीहरुले रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता आधारभूत आवश्यकताको अभाव महसुस गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल