भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु « Khabarhub

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। धेरै जना हराइ रहेका छन्।

भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा सो दुर्घटना भएको हो। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए।

प्रत्यक्षदर्शीले स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको बताएका छन्। पानी परिरहेको थियो भने मेघ गर्जिरहेको थियो।

एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ। प्रधानमन्त्री फाम मीन चिन्हले मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ०९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान