भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध | Khabarhub Khabarhub

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।

आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले यस्तो अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको अनुरोधमा विपदबाट बच्न सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेका छन्। उनले आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई निर्देशनसमेत दिएका छन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २९ बजे

ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका

‘कमेडी च्याम्पियन–३’ का विजेता सुनीलले कार नपाउनुको कारण यस्तो

काठमाडौं – कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले

‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ

काठमाडौं – विष्णु सापकोटाले डिभोर्सबारे मौनता तोडेपछि गायिका एलिना चौहानका

मुग्लिङमा गुडिरहेको भारतीय गाडीमा ढुंगो खस्यो, तीन यात्रु गम्भीर घाइते

काठमाडौं- मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट