राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप « Khabarhub

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् ।

उनले शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने गरि गरेको निर्णयलाई आयोगमा कानुनी चुनौती दिएका हुन् ।

मनोनित उपाध्यक्ष गिरीले आफूलाई अध्यक्ष लिङ्देनले स्वेच्छाचारी ढंगबाट जिम्मेवारीदेखि हटाएको बताएका छन् ।

उहाँ (अध्यक्ष) ले कसैलाई पदमुक्त गर्न केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर अनुशासन समितिमा पठाउनुपर्छ’, उनले भने, ‘अनुशासन समितिले छानबिन गर्दा चित्त बुझे नबुझेको विवरण केन्द्रीय समितिमा पठाउनुपर्छ । त्यसपछिमात्रै केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय लिने हो ।’

गिरीले लिङ्देन स्वेच्छारी ढंगले चलेको आरोप पनि लगाए । ‘उहाँले स्वेच्छाचारी ढंगले कारबाही गर्न पाउनु हुन्न’, उनले भने, ‘त्यसैले उहाँको स्वेच्छारी कदमविरुद्ध हामीले कानुनी चुनौती दिएका छौँ ।’

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए । उनीहरूले पनि आयोगमा कानुनी चुनौती दिइसकेका छन् ।

शुक्रबार नै बसेको पार्टीको अनुशासन समितिको बैठकले नीति सिद्धान्त र हितविपरीत हुने गरी कुनै पनि लिखित वा मौखक अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन पनि दिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ११ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण