खडेरीले सुकायो कलधारा « Khabarhub

खडेरीले सुकायो कलधारा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्दै जाँदा हाते कलधारा सुक्न थालेपछि दर्जनौँ परिवार पिउने पानीको अभावमा परेका हुन् ।

खानेपानीको समस्या समाधान गर्न युवाको सक्रियतामा डिभिजन वन कार्यालय लहानसँग समन्वय गरी ट्याङ्करमार्फत पानी वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार लिटर पानी बस्तीमा पुर्‍याइएको स्थानीय युवा ओमप्रकाश यादवले जानकारी दिए ।

उनले भने, ‘स्थानीय मुसहर बस्तीका बासिन्दाको पानीको अभावमा दैनिकी कष्टकर बन्दै गएको थियो । सरकारी योजना पर्खेर बस्नुभन्दा पहिले हामी आफैँबाट पहल गर्न जरुरी लागेर ट्याङ्करको व्यवस्था गरेका हौँ ।’ उनका अनुसार आज पनि बस्तीमा ट्याङ्करबाट खानेपानी वितरण गरिने छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विभागसँग पानी वितरणका लागि छुट्टै बजेट नहुँदा युवाको सक्रियता र बस्तीको आवश्यकता देखेर तत्काल राहतस्वरूप पानी पुर्‍याइएको हो । 

उनले भने, ‘हामीसँग यस्ता राहतका लागि छुट्टै बजेट छैन, तर यहाँका युवाको पहल र स्थानीय आवश्यकताका आधारमा विपन्न दलित बस्तीमा पानी पुर्‍याइएको हो । आवश्यक परे अन्य क्षेत्रमा पनि वितरण गर्नेछौँ ।’

स्थानीय राजनीतिक कर्मी बालेश्वर यादवले बस्तीका प्रायः हातेपम्प सुकिसकेकाले समस्या बढ्दै गएको बताए । ‘ट्याङ्करले तत्काल राहत दिएको छ, तर दीर्घकालीन समाधानबिना यो समस्या बारम्बार दोहोरिनेछ’, उनले भने । 

स्थानीय युवा चन्द्रु यादवले भने, ‘यो समस्या केवल आजको होइन । भूमिगत पानीको अत्यधिक दोहन, चुरे फडानी र जलवायु परिवर्तनको असर हो । हामीले गरेको पहलले तत्काललाई राहत दिए पनि दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार सबैको समन्वय आवश्यक छ ।’ 

तीनै तहका सरकारले खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण