मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा « Khabarhub

मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण एक वर्षसम्म अद्यावधिक नभएपछि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोगमा पुगेका छन् ।

काबारही गरेको एक वर्षसम्म पनि रास्वपाले विवरण अध्यावधिक नगरेको अवस्थामा कानुन व्यवसायीसहित बुर्लाकोटी ध्यानाकर्षण गराउन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।

उनले आफू रास्वपाको महामन्त्री हेरफेरको विवरण अझै अद्यावधिक नगरेको भन्दै आयोगप्रति रोष प्रकट गरेका छन् ।

रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको थियो । तर त्यसपछि हालसम्म विवरण अद्यावधिक भएको अभिलेखबाट नदेखिएको आयोगले गत असार ६ गते जनाएको थियो ।

त्यहीकारण कानुनी रुपमा रास्वपाको महामन्त्री ढकाल नै भएको आयोगले जनाएको थियो । ढकालले पनि आफू कानुनी रुपमा महामन्त्री रहेको दाबी गरिरहेका छन् ।

त्यसबेला आयोगले भनेको थियो, ‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको थियो । त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’

उता रास्वपाबाट निस्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा दिएको मुद्दा अझै विचाराधीन छ ।

यो अवस्थामा अदालतमा मुद्दा गएपछि अद्यावधिक प्रक्रिया रोक्नुपर्ने कारण नरहेको रास्वपा नेताहरूले बताइरहेका छन् । बुर्लाकोटीले पनि अदालतका नाममा पार्टीको निर्णय अद्याविधक गर्ने काम रोक्नु आपत्तिजनक रहेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ११ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा