चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी « Khabarhub

चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका संस्थाहरुले केबलकार बनाउन व्यवयासी चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको आरोप लगाएका छन् ।

आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चन्द्र ढकालको ग्लोबल आईएमई ग्रुप र आईएमई ग्रुपले विश्व बैंक मातहत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसीबाट ऋण लिएको आरोप लगाएका हुन् ।

चन्द्र ढकालको व्यवसायिक समूहले केबलकार परियोजना सहयोगका रुपमा आईएफसीबाट हालसम्म १ लाख ५६ हजार ७ सय ४६ देखि २ लाख ५० हजार अमेरिकी डलर र ऋणका रुपमा २० मिलियनदेखि ५०० मिलियन अमेरिकी डलरसम्म लिएको दाबी गरिएको छ । त्यसबाहेक आईएमई समूहले अन्य विदेश लगानीकर्ताबाट समेत पैसा प्राप्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसरी निजी कम्पनीले अन्तर्राष्ट्रिय वितिय संस्थाबाट ऋण (लिँदा) सरकार जमानी बस्नुपर्ने भन्ने बुझिन आएको र यसबारे अझै थप जानकारी प्राप्त गरी यकिन पुष्टी गर्ने चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विदेशी संस्थाबाट ऋण लिएर मुक्कुमलुङमा केबलकार निर्माणको तयारी भएपछि अब आफूहरु पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारीमा रहेको उनीहरुले चेतावनी दिएका छन् । पीडित समुदायप्रति भएको अन्यायको विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा ‍कानूनी उपचार खोजिएको उनीहरुको भनाइ छ ।

आईएफसीबाट लिइएको परियोजना सहयोग र ऋणका बारेमा यसको उजुरी हेर्ने निकाय, मानव अधिकार उल्लंघनका घटना हेर्ने निकायहरु, संयुक्त राष्ट्रसंघअन्तर्गतका मानव अधिकार हेर्ने विषयगत समितिमा उजुरी दायर र यूपीआरमा पेश भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली