सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ « Khabarhub

सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुरुङले सञ्चारमाध्यमलाई थप व्यवस्थित गर्न सरकार सञ्चारमाध्यममा नाममा हुने अराजकता नियन्त्रण गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको जानकारी दिएका हुन् । 

सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मर्यादित बनाउन पत्रकार महासंघले समेत आचारसंहिता बनाइसकेको अवस्थामा स्वनियमनको व्यवस्थाको समेत विधेयकमा उल्लेख गरिएको मन्त्री गुरुङको भनाइ छ । 

मिडिया काउन्सिल स्वायत्त र स्वतन्त्र रहे पनि सरकारबाट भने अलग हुन नसक्ने उनले बताए । उनले सञ्चारमाध्यमलाई समेत नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई रहेकाले सरकारबाट अनावश्यक हस्तक्षेप नहुने जिकिर गरे । 

त्यस्तै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई मर्यादित ढंगले सञ्चालन गर्नका लागि छुट्टै ऐन समेत ल्याइएको बताए  ।  

बैठकमा समिति सदस्यले गलत समाचार सम्प्रेषण गरेर चरित्र हत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए । समिति सदस्य देवेन्द्र पौडेलले व्यक्तिको चरित्र हत्या गर्नेगरि पुष्टि नहुने गरी समाचारका बारेमा मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए ।

त्यस्तै समिति सदस्य चन्द्र भण्डारीले सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथ्यपरक नभए कुन कानूनी दायरामा ल्याउने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।

त्यस्तै समिति सदस्य विद्या भट्टराईले मिडिया काउन्सिल स्वतन्त्रता र स्वायत्तता कायम राख्दै अनावश्यक हस्तक्षेप वा प्रहार हुन नसक्ने गरी विधेयक बनाउन ध्यान दिनुपर्ने धारणा राखिन्  ।

समितिमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । अर्को बैठकमा विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने सभापति अम्वरबहादुर थापाले जानकारी दिए  । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ०३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६