पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा « Khabarhub

पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुगेका छन्। वार्ताका लागि यसअघि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगिसकेकी छन् ।

प्रधानमन्त्री ओली बालुवाटारबाट अपरान्ह ४ बजेपछि मात्रै च्यासल पुगेका हुन्। एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई वार्तामा बोलाएका हुन् ।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए । भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न भने तयार भएका छन् ।

उनले भण्डारीसँग संवादका लागि आइतबार दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाएका थिए । तर निर्धारित समय भन्दा सवा घण्टा ढिलो यी दुई नेताबीच भेट हुँदैछ । भण्डारी दुई कार्यकाल राष्ट्रपति हुनुअघि एमालको नवौँ महाधिवेशनबाट उपाध्यक्ष भएकी थिइन् ।

पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे नेताहरूलाई सोधेका थिए । त्यसक्रमा नेताहरूले ओली आफैंले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

नेताहरूले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताएका थिए । तर त्यसपछि बसेको पोलिटब्युरोमा ओली र उनीनिकट नेताहरूले भण्डारीलाई छेक्ने गरि प्रस्तुत भएका थिए ।

उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने रणनीतिमा ओली र उनीनिटक नेताहरू लागेका छन् । दशौँ महाधिवेशनपछि सदस्यता नवीकरण गरेको भन्दै आगामी भदौ २१ र २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा भण्डारीलाई भाग लिन नदिने रणनीति ओली पक्षको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ०९ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा