कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ « Khabarhub

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आइसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग करिब २ घण्टा लामो वार्ता सकिएपछि थापाले अब पूर्वराष्ट्रपतिलाई एमालेले उचित भूमिकासहित अघि बढाउनुपर्ने बताए ।

सञ्चारकर्मीले उनलाई पूर्वराष्ट्रपति राजनीतिमा आउने सम्भावना कति छ ? भनेर सोधेपछि थापाले यस्तो जवाफ दिएका हुन् ।

‘पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भएको छ । अब उहाँबारे पार्टीले निर्णय गर्ने भनेको छ’, उनले भने, ‘पार्टी सचिवालय र पोलिटब्युरोमा पनि यसबारे छलफल भएको छ। अब भोलिदेखि बस्ने केन्द्रीय कमिटीमा पनि कुरा हुनेछ । पार्टीले उचित निर्णय लिने छ।’

उनले आइतबार भएको च्यासलको संवादमा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैलाई सकारात्मक पाएको बताए ।

‘अध्यक्षको मुड पनि राम्रो थियो । उहाँहरू दुईजना बस्नुअघि हामी पनि बसेर कुरा गर्‍यौँ’, उनले भने, ‘उहाँहरूको मुड हेर्दा सकारात्मक देखेको थिएँ । हार्दिकता र सम्मान देखेको थिएँ । त्यसैले वार्ता पनि पक्कै सकारात्मक र उपलब्धिमुलक भएको हुनुपर्छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आइसकेकाले यसबारे पार्टीले भोलिका दिनमा उचित कदम चाल्ने दोहोर्‍याए । ‘भोलि पर्सि के हुन्छ भन्ने कुरा त हामीसँग समय छ । दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशनमा आउँदैछ’, उनले भने, ‘यसबारेमा प्रस्तावहरू राखिएको छ छलफल हुन्छ । यसबारे यसअघि पनि यस्ता छलफल पहिले पनि भएका थिए । त्यसैले पार्टीले पूर्वराष्ट्रपतिबारे उचित निर्णय लिनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : १२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ