शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो « Khabarhub

शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले नेपालको सबैभन्दा व्यवस्थित पार्टीका रुपमा परिचित छ ।

तर, आइतबार दिउँसो दुई-दुईजना भीभीआईपीबीच वार्ता हुँदा र त्यसपछिको भद्रगोल अवस्थाले भने एमालेलाई त्यस्तो देखाएन ।

पछिल्लो समय देखिएको विवादलाई लिएर दिउँसो ३.३० बजे नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगिन् । उता प्रधानमन्त्री केपी शर्मा ओली भने ४ बजेर ५ मिनेटमा मात्रै च्यासलमा झुल्किए ।

उनीहरूबीच पार्टी कार्यालयको माथिल्लो तलमा सुरूमा अन्य नेतासँग फोटो सेसनपछि वान टु वान करिब २ घण्टा वार्ता भयो ।

वार्तापछि भण्डारी र ओली दुवैजना च्यासलको कार्यालयबाट निस्किए । एकअर्कालाई बाटो देखाउँदै, मुस्कुराउँदै निस्किएका उनीहरूमा ओलीले मिडिया फेस गरेनन् । तर पूर्वराष्ट्रपति भण्डारीले केही नबोली निस्किन नसक्ने परिस्थिति बन्यो ।

एकातिर भण्डारीलाई उनका पीएसएओले घेरेका थिए भने अर्कातिर एमाले कार्यालयमा परिचालित सुरक्षाकर्मीको संख्या पनि बाक्लो थियो । दुई शीर्ष नेताको वार्ताको रिपोर्टिङ गर्न पुगेका पत्रकारको संख्या सम्भवत सयभन्दा माथि नै थियो ।

यो भद्रगोल माहोलबीच पार्टी कार्यालय परिसरको डिलमै उभिएर पूर्वराष्ट्रपतिले सञ्चारकर्मी फेस गरिन् । उनको पछाडितर्फ एमाले महासचिव शंकर पोखरेल र कार्यालय सचिव डा. भीष्म अधिकारीसहितका नेताहरू उभिएका थिए ।

त्यहीबेला एकजना सञ्चारकर्मीले सोधे, पूर्वराष्ट्रपतिज्यू, आज के विषयमा कुराकानी भयो ? पत्रकारको यो प्रश्नपछि पूर्वराष्ट्रपति भण्डारी पछाडि फर्किइन् । उनले मुन्टो शंकर पोखरेलतिर फर्काएकी थिइन् । पत्रकार र सुरक्षाकर्मीको चर्को हल्लाबीच सम्भवत: उनले केही बोलौँ भनेर पोखरेलतिर इशारा गरिन् । पोखरेलले पनि मुन्टो हल्लाउँदै हुन्छ भन्ने इशारा गरे ।

त्यसपछि उनले पत्रकारले सोधेको पहिलो प्रश्नको उत्तर यसरी दिइन्, ‘अहिलेको समयसामयिक परिस्थितिबारे प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो ।’

उनले पहिलो प्रश्नको जवाफ दिइनसक्दै पत्रकार-पत्रकारबीच हल्लाखल्ला भयो । कसैले बुम मिलाएका थिएनन्, कसैले अगाडि उभिएकालाई पछाडिबाट कराउन थाले। केही बेर हो-हल्लापछि अर्को प्रश्न सोधियो ।

पछिल्लो समय हजुरको पार्टी सदस्यताबारे विवाद छ, हजुरले पार्टी सदस्यता नवीकरण गर्नु भएको हो ? गर्नु भएको कहिले गर्नु भयो ?

तर उनले यस विषयमा पछि नै कुरा गरौँ भनेर टार्दै थपिन्, ‘उहाँसँग राष्ट्रिय राजनीतिबारे कुरा भयो अरू विषय तपाईंहरूालई आधिकारिक च्यानलबाट थाहा हुन्छ ।

तर फेरि पनि उनलाई पार्टी सदस्यबारे नै पत्रकारले प्रश्न सोधेर घेरे । ‘पार्टी सदस्यता नवीकरणबारे केही कुरा भयो कि भएन ?’, यो प्रश्नपछि मात्रै उनले पार्टी सदस्यबारे मुख खोल्दै भनिन्, ‘त्यो पुरानै कुरा भयो ।’

उनले फेरि पनि चित्त बुझ्दो जवाफ नदिएपछि पत्रकारले प्रश्न सोधे, ‘हजुरले (नवीकरण) गरिसक्नु भएको छ ? उनले जवाफमा दिइन्, ‘पहिले नै भइसकेको कुरा हो ।’

उनले यति भनेपछि सञ्चारकर्मीहरू पू्र्वराष्ट्रपतिका पीएसओलाई कराउन थाले, ‘तपाईंको अनुहार आयो क्या !’

यही हल्लाखल्लाबीच पूर्वराष्ट्रपति च्यासलबाट भंगालतिर लागिन् । आउँदा ३७ मिनेट ढिला र निस्कँदा भण्डारीसँगै झरेका प्रधानमन्त्री ओली भने त्यसअघि नै बालुवाटारतिर लागिसकेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ५७ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध