दूधकोशी थुनिएर निम्तिएको संकट तत्काललाई टर्‍यो « Khabarhub

दूधकोशी थुनिएर निम्तिएको संकट तत्काललाई टर्‍यो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- निर्माणाधीन पक्की पुल बाढीले पुरिँदा आइतबार दिँउसोदेखि दूधकोशी नदी थुनिए आएको संकट करिब टरेको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ र ४ जोड्ने दुधकोशी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाको बाढीले पुरिएपछि थुनिएको थियो ।

सिखु खोलाबाट आएको गेग्रानसहितको बाढीले पुल पुरिएपछि दूधकोशी नदी थुनिएर एक किलोमिटर लामो ताल बनेको स्थानीयले बताएका छन् ।

सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एउटा स्पानको अधिकांश भाग पुरिएको छ । त्यसकैकारण दुधकोशी नदीको बहाब रोकिएको थियो ।

केही दिनदेखि नै बाढीले पुलमा क्षति गरेको थियो । तर शनिबार रातिदेखिको बाटीले पुलमा ठूलो क्षति गरेर पुरेको हो ।

पानीको सतह बढ्दै जाँदा हाल एक किलोमिटर लामो क्षेत्रमा पानी जमेर ताल बनेको थुलुङ दुधकोशी गाउँपालिका–२ का वडा अध्यक्ष युजन बस्नेतले बताए

बाढीले नदी थुनिए पनि स्थानीयको सहयोगमा पानीको वहाब खुलाइएकाले अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।

सोलुखुम्बुको थुलुङदुधकोशी २ र ४ नं वडा जोडिने काङेल बात्तिम–वादे जुबु सडकखण्डमा कोशी प्रदेश सरकारको बहुवर्षे ठेक्काबाट निर्माणाधीन पक्की पुल पुरिँदा दूधकोशी नदी थुनिएर झण्डै एक किलोमिटरसम्म पानी जमेको थियो। अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गत असार २६ गतेको वर्षापछि सिख खोलाबाट आएको गेग्रानसहितको बाढीले ढुंगा र वालुवा थुपारेर नदीको बहाब अवरुद्ध भएको थियो ।

दूधकोशी नदीको सतह बढ्दा ८६ मेगावट क्षमताको सोलुखोला–दुधकोशी जलविद्युत आयोजनाको पावर हाउससमेत जोखिममा पर्ने अवस्था थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : १९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण