‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो « Khabarhub

‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसदहरूले हाल राष्ट्रियसभामा विचाराधीन बहुचर्चित संघीय निजामती विधेयकमा संशोधन हालेकोप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति प्रकट गरेका छन् ।

एमालेका पाँचजना सांसदहरूले उक्त विधेयकमा संशोधन प्रस्ताव हालेको सार्वजनिक भएपछि कोइरालाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् आपत्ति प्रकट गरेका हुन् ।

‘नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ’, उनले भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्रै नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका पनि हो ।’

कोइरालाले यसबारेमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने बताए । ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्विविधामा नपरे हुन्छ ।’

एमालेबाट राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका थिए । उनीहरूले निजामती सेवामा ‘कुलिङ पिरियड’ लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेका राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पाँचजना सांसदले विधेयकमा संशोधन हालेको बताएका छन् । सांसद सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र भट्टराईले पनि संशोधन हालेका हुन् ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ संशोधन प्रस्ताव परेका छन् ।

राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जनाएको छ । राष्ट्रियसभाका सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रबार ५ बजेसम्मलाई तोकिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ३१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ