रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन « Khabarhub

रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने, असोज २१ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । 

सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

सोही दिन दिउँसो ३ः०० देखि असोज २३ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी ७ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३ः०० बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले भने उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ । रासस
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४२ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत