भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण « Khabarhub

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको आज बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भाव्य मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सवारीसाधनको समय तालिका निर्धारण गरेको उनले बताए  ।  रासस
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६