विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू « Khabarhub

विषाक्त खाना खाँदा बिरामी परे इजरायली प्रधानमन्त्री नेतान्याहू


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बिरामी परेका छन् । शनिबार अबेर स्वास्थ्य जाँच गर्दा उनलाई आन्द्रा पोल्ने समस्या देखा परेको चिकित्सकले जनाएका छन् ।

हदसा आइन केरेम अस्पतालको आन्तरिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक अलोन हेरेस्कोका अनुसार विषाक्त खाना खाएपछि उनी बिरामी परेका हुन् । पछि उनमा जलवियोजनको समस्या पनि देखा परेको इजरायल नेशनल न्यूजले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारी दिएको छ । चिकित्सकको सल्लाहअनुसार उनले स्लाइन पानी लिइरहेको जनाइएको छ ।

हाल उनी घरमै आराम गरिरहेका छन् । उनले तीन दिनसम्म घरबाटै सरकारी मामिला हेर्ने समाचारमा उल्लेख छ ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन ग्भिरले प्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु