ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै « Khabarhub

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो समय ताइवानले आफ्नो क्षेत्रमा १७ वटा लडाकु विमान, ८ नौसैनिक युद्धपोत र एउटा पानीजहाज पहिचान गरेको छ ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार १७ मध्ये ७ लडाकु विमानले चीन र ताइवानलाई छुट्याउने मध्यरेखा पार गरी हवाई प्रतिरक्षा पहिचान क्षेत्र प्रवेश गरेको जनाएको छ । ती लडाकु विमान ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी हवाई प्रतिरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए ।

चिनियाँ कदमको प्रतिक्रियामा ताइवानको रक्षा बलले पनि लडाकु विमान र युद्धपोत तैनाथ गरेको मन्त्रालयले जनाएको छ । ताइवानलाई चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ ।

स्वतन्त्र रुपमा लोकतान्त्रिक शासन सञ्चालन गर्दै आएको ताइवानलाई साम्यवादी शासन व्यवस्था रहेको चीनले आफ्नै मातहत ल्याउने चेतावनी दिँदै आएको छ । यसका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहीआएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ३५ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु