तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी « Khabarhub

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्दिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकामा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी हुन् ।

यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको मियाले जानकारी दिए । यस अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन् । अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।

विषालुअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन् । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पु¥याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आइएको अस्पतालका आकस्मिक कक्ष इन्चार्ज मियाले बताए । हाल यहाँ दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण