आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २० तारिख। आज प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज गरेको लगानीले आम्दानी बढाउनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्दुहरुसँग भने सचेत भएर काम गर्नुहोला।

मिथुन : दिन राम्रो छ। दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ।

कर्कट : दिन सामान्य छ। कुरा काट्नेहरु बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्धमा मनमुटाव हुनेछ।

सिंह : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्नेछन्। तपाईंको प्रशंसा गर्नेहरु थपिनेछन्। परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। आजको दिन गोपनीयता कायम गर्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

कुम्भ : दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

मीन : दिन सामान्य छ। मनमा खटपटी बढ्नेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या आउन सक्छ। आजको दिन थोरै मात्र बोल्नु उचित हुनेछ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : ०३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले