अमेरिकी हवाई र युरोपेली स्थल सेना युक्रेन सुरक्षाको हिस्सा हुनसक्छ : ट्रम्प « Khabarhub

अमेरिकी हवाई र युरोपेली स्थल सेना युक्रेन सुरक्षाको हिस्सा हुनसक्छ : ट्रम्प


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन्।

युरोपेली नेतासँगको भेटपछि ट्रम्पले यस्तो बताएका हुन् । राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भनेका छन्, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।” ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै यस्तो आश्वासन दिएका हुन् ।

उनले अमेरिका हवाई माध्यमबाट सहयोग गर्न इच्छुक भएको प्रष्ट पारे। उनले थप भनेका छन्, “हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको हातहतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”

उनले युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा भने अस्वीकारगरेका छन्।

रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ । उसले पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ४७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका