अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ७३ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ७३ जनाको मृत्यु


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये १७ बालबालिका रहेका छन् ।

तालिबानका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा परेका अधिकांश मानिसहरू इरानबाट निष्काशन गरिएका अफगानी प्रवासीहरूलाई लगिँदै गरेको बसमा सवार थिए ।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले काबुल जाँदै गरेको बसमा आगो लागेको बताएका छन् ।

बसमा सवार सबै यात्रुको मृत्यु भएको र बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुई जनाको पनि मृत्यु भएको छ ।

पछिल्ला केही महिनायता द्वन्द्वका कारण भागेर आएका अफगानी नागरिकलाई इरानले आफ्नो देशबाट निकाल्ने प्रक्रिया अघि बढाएको छ । सन् १९७० को दशकदेखि लाखौँ अफगानी नागरिक इरान र पाकिस्तान भागेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ११ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी