अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ७३ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ७३ जनाको मृत्यु


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये १७ बालबालिका रहेका छन् ।

तालिबानका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा परेका अधिकांश मानिसहरू इरानबाट निष्काशन गरिएका अफगानी प्रवासीहरूलाई लगिँदै गरेको बसमा सवार थिए ।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले काबुल जाँदै गरेको बसमा आगो लागेको बताएका छन् ।

बसमा सवार सबै यात्रुको मृत्यु भएको र बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुई जनाको पनि मृत्यु भएको छ ।

पछिल्ला केही महिनायता द्वन्द्वका कारण भागेर आएका अफगानी नागरिकलाई इरानले आफ्नो देशबाट निकाल्ने प्रक्रिया अघि बढाएको छ । सन् १९७० को दशकदेखि लाखौँ अफगानी नागरिक इरान र पाकिस्तान भागेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ११ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण